शेरबहादुर सार्की
बाजुरा । नेपाली काँग्रेस बाजुराको जारी भएकाे स्थानीय तहको अधिवेशनअन्तर्गत जिल्लाको नौ ‚थानीय तहमा नेतृत्व चयन भएको छ ।
जिल्लाका अन्य आठ वटा स्थानीय तहमा सर्वसम्मत प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन भएपनि त्रिवेणी नगरपालिकामा भने निर्वाचनमार्फत चयन गरिएको हो ।
१० स्थानीय तह रहेको यहाँ त्रिवेणी नगरपालिकामा विवाद भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो ।
जिल्लाको बुढीगङ्गा नगरपालिकामा जयाराज पाध्याय, बुढिनन्दा,नगरपालिकामा डबलबहादुर खड्का, बडिमालिका नगरपालिकामा गोपाल कार्की, त्रिवेणी नगरपालिकामा सुरेन्द्रराज गिरी सभापतीमा चयन भएका छन् ।
त्यसै गरी गौमुल गाउँपालिकामा राजबहादुर धामी ,स्वामिकार्तिक गाउँपालिकामा महेश कट्टेल जगानाथ गाउँपालिकामा सुन्दरबहादुर विष्ट , हिमाली गाउँपालिकामा अङ्गलाल कार्की अछेडेदह गाउँपालिकामा हर्क बहादुर रावत सभापतीमा चयन भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, आठ वठा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएपनि एउटा पालिकामा भने निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो ।
त्रिवेणी नगरपालिकामा सहमती गर्ने प्रयास असफल भएपछि त्याहाँ निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
त्याँको अधिवेशनमा काँग्रेस केन्द्रीय कमिटीमा देखिएका दुईधार ‚प्रष्ट देखिएको थियो ।
त्रिवेणी नगरपालिकामा केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुटको असर परेपछि त्याँहा निर्वाचन भएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डितले भन्नू भयाे , बाजुरामा प्राय सबै पालिकामा सहमतिमा अधिवेशन सम्मन भएकाे छ ।
यसका लागि नेपाली काँग्रेस बाजुराका नेता तथा कार्यकर्ताहरुमा हार्दिक धन्यवाद छ ।
जिल्ला अधिवेशनमा पनि सहमति सहकार्यका अाधारमा नयाँ नेतृत्व चयन गर्ने सभापति पण्डितले बताउनुभयाे ।