दिउँसो स्कुल, रातभरी धानबाली कुर्न खेतमा- विद्यार्थी हेमराज वि. क.


पैरवी खबर

अछाम : जिल्लाको विभिन्न ठाँउहरुमा जंगली जनावर बदेलको निकै नै आतंक बढेको छ । मौसम अनुसार लगाइने सबै किसिमका अन्नबालीहरु बदेलले नस्ट गर्ने गरेको छ ।दिनभर मान्छेहरुको आवत जावतले गर्दा जङ्गल तिर भाग्ने राती भएपछि खेतबारीमा आउने गर्दछ । किसानले अन्न भित्र्याउने बेला त्यो जनावरले धेरै नै क्षेती गर्ने हुँदा किसानले दिनभरी अन्य कामहरूगरी बदेललाई धपाउन रातभरी धान खेतमा पाल थापेर होहल्ला गर्दै जागराम बस्नु परेको छ । साफेबगर नगरपालिका ०९ बुढाकोट गेरुखाना बर्ष १४ का हेमराज बि क दिनभरी बिधालय बस्नु हुन्छ राति खेतमा धान कुर्न जानुहुन्छ :उहाँलाई शिक्षकले दिएको गृहकार्य गर्नपनि फुर्सद हुँदैन ,यो उहाँको बाध्यता रहेको छ ।महिनाभरी खेतमा काम गरेर ३ महिनासम्म पनि परिवारलाई खान नपुग्ने त्यहीमाथी बदेलले सबै अन्न बाली नस्ट गर्ने गरेकोले किसानहरु निकै नै चिन्तित देखिएका छन। यसको बारेमा स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायहरुले कुनै पनि चासो नदेखाएको पाइन्छ ।