अछाम :नेपाली काँग्रेसका दलित नेता मोती सिह तिरुवाले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको ( समावेशी ) उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा तिरुवाले पनि आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हनु् ।
आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र दलित समुदायको समेत सहि नेतृत्व गर्ने उद्देश्यका साथ दलित नेता तिरुवाले यती बेलामा पनि आफ्नो केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, आफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन मेरो उम्मेदवारी रहेको छ ।
स्थानीय प्रदेश संघको आगामी आउने निर्वाचनमा विजयी गर्न गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस नेता तिरुवाले बताउनुभयो ।
नेता तिरुवाले २०४७ को जनआन्दोलन देखि नेपाली काँग्रेस पार्टीमा इच्छुक राख्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
२०५४ सालमा नेपाली काङ्ग्रेस बाट गाविस अध्यक्षमा निर्वाचित हुनुभएका उहाँ २०५६ सालमा सातौ जिल्ला परिषद बाट सभामुख समेत भैसक्नु भएको थियोे ।
अछामका दलित समुदायको हक हितका लागि आफ्नो जीवनमा समर्पण गर्दै आउनु भएका तिरुवा अहिलेसम्म निस्पक्ष रूपमा राजनीति गर्दै आउनु भएको छ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस जुटेको छ ।
क्रियाशिल सदस्यता बिवादका कारण मिति सारिएको नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन असोज ०९ गते देखि निरन्तर रूपमा संचालन हुदैछन ।