समता मिडिया सेन्टरको प्रथम बैठक तथा सपथग्रहण कार्यक्रम सम्पन्न


पैरवी खबर

धनगढी : समता मिडिया सेन्टर केन्द्रिय समिति धनगढी को प्रथम बैठक तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा मिडिया सेन्टरको डोटीको बगलेकमा सम्पन्न सातौ साधारण सभा तथा तेस्रो महाधिवेशन मा सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरिएको छ । यस संस्थाको उधेश्य प्राप्तिका लागि सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा परियोजना संचालन गर्ने सरकारी तथा गैरसरकारी संस्था, स्थानीय निकायसंग प्रस्तावना पेस गर्ने , संस्थाको शाखा कार्यालय कार्णाली प्रदेशमा बिस्तार गर्ने लगाएतका निर्णय गरिएका छन । बैठकमा कार्यकारी अध्यक्ष मिलन परियारको संयोगजकत्वमा ४ सदस्यीय सचिवालय गठन गरिएको छ ।जसमा : बालकुमारी सुनार महासचिव , बिमल कुमार दर्जी सदस्य ,राज चौधरी रहेका छन । बैठकको संचालन सचिव पुष्कर बादिले गर्नुभएको थियो ।