स्थानीय जनगणना कार्यालय साफेबगरमा उद्घाटन


पैरवी खबर

अछाम :”मेरो गणना मेरो सहभागिता ” भन्ने नाराका साथ १२औं राष्ट्रिय जनगणना २०७८ देशभर संचालन भए पश्चात अछामको साफेबगरमा स्थानीय जनगणना कार्यालयको उद्घाटन गरिएको छ । साफेबगर नगरपालिका , मेल्लेख गाउँपालिका र चौरपाटी गाउँपालिका को संयुक्त्त जनगणना कार्यालयको उद्घाटन भएको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत तालिम प्राप्त सुपरिवेक्षकले घर-घरमा पुगेर परिवारको संख्या विवरण , कृषि तथा पशुपन्छी विवरण र बैंकिङ पहुँचको विवरण संकलन गर्ने ,उक्त संकलन कार्य २०७८/०५/३० देखि २०७८/०६/१८ सम्म गरिने र दोस्रो चरणको कार्यक्रम अन्तर्गत २०७८असोज २५ देखि ०७८ मंसिर ०९ गते सम्म तालिम प्राप्त गणकहरुद्वारा मुख्य प्रश्नावली किताव सबै विवरण लिइने स्थानीय जनगणना अधिकारी शंकर बहादुर थापाले बताउनु भयो ।साफेबगर नगरपालिका का कार्यवाहक नगर प्रमुख जीतबहादुर निशानीद्वारा उद्घाटन गरिएको स्थानीय जनगणना कार्यालय उद्घाटन कार्यक्रममा साफेबगर नगरपालिका कार्यवाहक निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्प बहादुर बुढा , स्थानीय जनगणना समन्वय समिति सदस्य पुर्णराज उपाध्याय लगाएतको उपस्तिथि रहेको थियो ।