सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता आधारभुत तालिम साँफेबगरमा सुरु


पैरवी खबर

अछाम : सिटिजन(CitiZen) लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३ दिने अभिकर्ता आधारभुत तालिम शनिबार देखि साँफेबगरमा सुरु भएको छ ।

सिटिजन(CitiZen) लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाकाे आयाेजनामा भएको थियो ।

हाम्रो समाजलाई कसरी थप जीवन बिमामुखी बनाउन सक्ने भन्ने उदेश्यले आयोजना गरिएको हो तालिममा सहजीकरण प्रमुख प्रशिक्षकको रुपमा क्षेत्रीय प्रमुख ध्वज ब. खड्का रहनुभएको थियो ।

साथै तालिममा प्रशिक्षकको रुपमा धनगढी क्षेत्र इन्चार्ज गंगाराम जाेशी, डडेल्धुरा क्षेत्र इन्चार्ज टेकराज भट्ट र अछाम शाखा प्रमुख मिट्ठु बहादुर बि.क. लगायत ३४ जना अभिकर्ता सहभागिता रहेको थियो ।