दिनेश बाब्ली : वरिष्ठ सम्बादाता
अछाम :जिल्लाको साँफेबगर नगरपालिका वडा नं १२ खप्तडकाे स्वास्थ्य चाैकीमा यहि भाद्र २७र २८ गते गर्भवती महिला तथा सुनौलो १००० दिनका आमाहरूकाे स्वास्थ्य अवस्था चेकजाँचको लागि शिविर संचालन हुने भएकाे छ ।
सम विकास नेपाल NRAN (नारी कुण्ड अस्ट्रेलिया) कार्यक्रमको आयोजना तथा स्वास्थ्य चौकी खप्तडको सहजीकरणमा वडाका सम्पुर्ण गर्भवती महिला तथा सुत्केरी आमाको भिडियो एक्सरे, VIA सेवा,पाठेघर खस्ने समस्या, यौन तथा प्रजनन सम्बन्धि समस्या,सामान्य चेकजाँच तथा गर्भवती परिक्षण, महिनावारि गडबडी हुने जस्ता समस्याहरुको उपचारका लागि स्वास्थ्य शिविर संचालन हुन लागेको स्वास्थ्य चौकिका इन्चार्ज शिवकुमार चौधरीले जानकारी दिनुभयो ।