अछाम ,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अछाम जिल्लाको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अखिल क्रान्तिकारी ०को १४ औ जिल्ला अधिबेशन भाद्र २१ हुने भएको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा भव्यता पुर्वक हुने जनाईएको छ । जिल्लामा सम्मेलन को माहोल नजिकिदै गर्दा विभिन्न पदको लागि उम्मेदवार घोषण गर्ने कार्य जारी रहेको छ । जिल्लामा सम्मेलनको तयारी पनि करिव अन्तिम चरणमा पुगेको बताइएको छ ।
जिल्लामा हुने १४ औ जिल्ला अधिबेशनमा विभिन्न पदको लागि महत्वाकांक्षी बढेको पाइएको छ । जिल्ला सचिव तथा आयोजक मुल समिति सदस्य भिमसेन ताम्राकारले पनि अध्यक्ष पदको लागि उम्मेदवारी दिने बताउनु भएको छ । यो विषम परिस्थितिमा सक्षम , नेतृत्ववान र सङगठन लाई चलायमान बनाउन सक्ने व्यक्ति निर्वाचित हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।भ्रष्टाचार ,अनियमितता ,हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराध लाई निर्मुल पार्न आफु र आफनो सङगठन अहोरात्र खटिरहेको र अझै खटिरहने पनि बताउनु भयो ।
२०५९ साल देखी अखिल क्रान्तिकारीमा आवद्ध हुदै विभिन्न जिम्मेवारी सम्हाल्दै पुर्ब जिल्ला सचीव जिम्मेवारीमा रहदै हाल जिल्ला अध्यक्षको उम्मेदवारी घोषण गरेका ताम्राकार अछाम जिल्लाका १० ओटै स्थानीय तहकामा कमिटी बिस्तार गर्न उहाँको महत्वपुर्ण भुमिका रहदै आएको छ ।विभिन्न समस्याका दौरानमा पनि उहाँले सङ्गठन बिस्तारमा आफनो अमुल्य समय खर्चि रहनु भएको थियो ।अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी सङ्गठनले शिक्षा ,स्वास्थ ,क्षेत्र मा देखिएका भ्रष्टाचारको विरुद्ध सदैब जलन्त उदाहरणिय आवाज उठाउदै आएको पनि उहाँले बताउनु भयो ।
राष्ट्रियता र समाजबादि शिक्षाको लागि आन्दोलन गरौ,,सुदृढ सङ्गठनका लागि १४ औ जिल्ला सम्मेलन “ भन्ने मुल नारा लाई आत्मसात गर्दै आफ्नो अध्यक्ष पदको लागि उम्मेदार रहेको पनि उहाँले बताउनु भयो । बिगत लामो समय देखि सडकको बाघको रुपमा उभिएको ले अब को आफ्नो नेतृत्वले पहिलेको भन्दा फरक एजेन्डा मा काम गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले भन्नु भएको छ १४ औ जिल्ला अधिबेशनको लागि मेरो अध्यक्ष पदको लागि उम्मेदार रहेकाले बिजय गराइदिन म सबैलाई अनुरोध गर्दछु उहाँले पञ्चदेवल ज्युज लाई भन्नु भयो।