चण्डिकामा भुमिहिन र आमा बुवा गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन कार्य जारी ।


पैरवी खबर

अछाम :साफेबगर नगरपालिका ०८ चण्डिकामा भुमिहिन तथा आमा बुवा गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन कार्य शुरु गरिएको छ। चण्डिका भित्रका विभिन्न टोलहरुबाट बुवा आमा गुमाएका १५ जना बालबालिका र ७ जना भुमिहिनको तथ्यांक संकलन आज गरिएको हो । बिस्तृत रूपमा पुरै वडाको तथ्यांक भने आउन बाकी नै छ ।नागरिक समाज संजाल साफेबगरको आयोजना तथा ०८ न वडा चण्डिका का वडा अध्यक्ष टङ्क बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको तथ्यांक संकलन कार्यक्रममा वडा सदस्य डम्बर बहादुर कुवर, हिमा कुवर , सरस्वती भुल , शिक्षक खेम बहादुर कडायत , मन्जु कुवर , बयालपाटा बजार ब्यवस्थापन समिती अध्यक्ष नृप कुवर , समाजसेवि सुरत मिया , राउटे टमट्टा , चन्द्र कुवरको उपस्तिथि रहेको थियो । यो अभियान साफेबगर नगरपालिका का १४ वटै वडामा निरन्तर रूपमा जारी रहेको छ । नगर स्तरीय RTI संजालका अध्यक्ष बैजन्ती कुवर , रेडियो श्रोता समुह सहजकर्ता भावना कडायत , पत्रकार रमेश पुरुष तथ्यांक संकलनकर्ता रहनुभएको थियो ।