काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन् ।
पार्टीको निर्वाचन निर्देशिकाले दलित समुदायको प्रतिनिधित्व हुने बाटो बन्द गरेको भन्दै निर्देशिकामा असहमति जनाउँदै विश्वकर्माले राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘वर्तमान विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकबाट विना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘तर, पार्टीमा सधैं वर्चस्व रहेको जाति, वर्ग र समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । ११ औं महाधिवेशनमा सम्माननीय सभापतिज्यू आफैंले प्रारम्भ गर्नुभएको ‘कदमजम’ खिल्ली उडाएको छ । यसरी षडयन्त्रमूलक ढंगलबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन