अछाम :मेल्लेख गाउपालिका मा वाक नेपाल र वल्र्ड भिजन काे साझेदारीमा संचालित उत्थान शिल जिबिकाे पार्जन तथा पाेषण परियाेजना अन्तर्गत मेल्लेख गाउपालिका वडा न ५ मा ६ जना वडा न ७ मा ५ जना गरि ११ जना कृर्षकहरुलाइ तरकारी खेतिका लागि पलास्टिक टेनल र बिउबिझन हस्तान्तरण गरेकाे छ जसमा प्रति व्यक्ति ६ हजार ८ सय ७५ बराबरको सामाग्री हस्तान्तरण गरेकाे हाे ।
अगवा कृर्षक मेल्लेख गाउपालिका ५ बिन्धेबासनिका बालाराम साउदलाइ ८६ हजार १ सय ९८ बराबरको कृषि प्रदर्शनी पलाट सहयोग गरेकाे छ यस्तै साेहि संस्था काे काेभिट प्रतिकार्य सबलिकरण परियाेजना अन्तर्ग मेल्लेख स्वस्थ्य शाखा लाई भ्याक्सिनेसन क्याम्प मा स्वास्थ्य मापदण्ड अपनाउन र व्यवस्थापन मा सहयोग पुग्ने उदश्यले ६८ हजार ७ सय ४५ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरियएकाे छ।
सामाग्री मेल्लेख गाउपालिका का अध्यक्ष लाेक बहादुर बाेहरा मार्फत हस्तान्तरण गरिएकाे हाे साे सामाग्री हस्तान्तरण कार्यक्रममा वाक नेपाल उत्थान शिल जिबिकाे पार्जन परियोजना प्रशासन तथा लेखा सयाेजक इश्वर प्रसाद उपाध्याय अधिकृत अाशिष उपाध्याय सप्राेस नेपाल परियाेजना सयाेजक लाेकेश थापा ,वाक नेपाल का समाजिक परिचालक रमेश भुल ,दिपिका वड ,कर्ण कमुला मदन बिक कैलास सार्की लगायतको सहभागीता रहेको थियाे ।